News एन्फा महासचिव किरन राई गृह जिल्लामा सम्मानित
सुरज राना मगर

उदयपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राई गृहजिल्ला उदयपुरमा सम्मानित भएका छन् । महासचिव राईलाई उदयपुर जिल्ला फुटबल संघले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

थरुहट रंगशालामा सम्पन्न सम्मान कार्यक्रममा महासचिव राईलाई उदयपुुर जिल्ला फुटबल संघका अध्यक्ष रन्जन कार्कीले दोसल्ला र सम्मानपत्रका साथ सम्मानित गरेका थिए ।

सो अवसरमा उदयपुर जिल्ला फुटबल संघका सदस्य राजेन्द्र राई, सन्तोष राई, रोशन पोखरेल, महासचिव मदन भुजेल, कोषाध्यक्ष विवेक काफ्ले, एन्फा प्रशिक्षक दिपु थापा, महिला प्रशिक्षक आशा राई लगायतको उपस्थिति रहेको थियो ।

सम्मानित भएपछि एन्फा महासचिव किरन राईले सबैप्रति आभार व्यक्त गर्दै स्थानीय, जिल्ला हुँदै समग्र देशको फुटबल विकासमा आफूले सधै सकेको सहयोग र त्यसका लागि हरतरहले प्रयास गर्ने बताए ।

स्मरण रहोस, थरुहट रंगशाला निर्माण गर्न एन्फा महासचिव राईले विशेष पहल र सहयोग गरेका थिए । उनले यसअघि पूर्व एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यकालमा एन्फाको प्रवक्ता र कार्यसमिति सदस्यका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

Post Comments