News केरलाको महिला लिगमा दिपाको लय पनि जारी
गोलनेपाल

काठमाडौं । भारतको केरलामा जारी केरला वुमन्स लिगमा नेपालकी राष्ट्रिय खेलाडी दिपा न्यौपानेले आफ्नो उत्कृष्ट लयलाई कायम राखेकी छिन् ।

जारी लिगमा शुक्रबार दिपाको टोली डन बस्को एफएले एसबी एफएलाई ६–० को फराकिलो अन्तरले हराउँदा दिपाले ह्याट्रिक गरिन । लिगमा उनको समग्रमा तीन खेलमा ९ गोल पुगिसकेको छ । त्यस्तै डन बस्कोको जितमा दप तीन गोल मध्ये दुई गोल रेश्माले गरिन भने एक गोल पुष्पाको नाममा रह्यो ।

शुरुवाती खेलमा हार बेहोरेको डन बस्कोले त्यसयता लगातार तीन खेलमा जित निकाल्दै कुल ४ खेलबाट ९ अंक जोड्न सफल भएको छ । साथै टोलीको जित र प्रदर्शनमा दिपाको भूमिका पनि अहम बनेको छ ।

 

Post Comments