News
केरलाको महिला लिगमा दिपाको लय पनि जारी
काठमाडौं । भारतको केरलामा जारी केरला वुमन्स लिगमा नेपालकी राष्ट्रिय खेलाडी दिपा न्यौपानेले आफ्नो उत्कृष्ट लयलाई कायम राखेकी छिन् ।
जारी लिगमा शुक्रबार दिपाको टोली डन बस्को एफएले एसबी एफएलाई ६–० को फराकिलो अन्तरले हराउँदा दिपाले ह्याट्रिक गरिन । लिगमा उनको समग्रमा तीन खेलमा ९ गोल पुगिसकेको छ । त्यस्तै डन बस्कोको जितमा दप तीन गोल मध्ये दुई गोल रेश्माले गरिन भने एक गोल पुष्पाको नाममा रह्यो ।
शुरुवाती खेलमा हार बेहोरेको डन बस्कोले त्यसयता लगातार तीन खेलमा जित निकाल्दै कुल ४ खेलबाट ९ अंक जोड्न सफल भएको छ । साथै टोलीको जित र प्रदर्शनमा दिपाको भूमिका पनि अहम बनेको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल