News असोज दोस्रो सातादेखि बराहक्षेत्र गोल्डकप
गोलनेपाल

सुनसरी । ‘हाम्रो गोल, लागू औषध तथा दुव्र्यसन विरुद्धको बोल’ भन्ने नाराका साथ दोस्रो बराहक्षेत्र गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी असोज ९ देखि १८ सम्म हुने भएको छ ।

प्रतियोगितामा मोरङ, सुनसरी, धनकुटा, झापा र इलामका गरी कुल १० टोलीहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष ज्ञान बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने पनि अध्यक्ष गुरुङले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था ग रिएको आयोजकले जानकारी दियो ।

कल्चरल ग्रीन क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा हुने प्रतियोगिताका लागि आवश्यक तयारी पनि शुरु गरि सकिएको आयोजकले जनाएको छ ।

Post Comments