News लगातार पाँचौं हारमा निरीह बन्यो रोहितको टोली पेर्सिक
गोलनेपाल

काठमाडौं । नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको नयाँ टोली पेर्सिक केडिरीले इण्डोनेसियन लिगा वानमा अहिलेसम्म एउटै खेलमा जित निकाल्न नसक्दा दबाब झेल्न पुगेको छ ।

लिग अन्तरगत आफ्नो सातौं खेलमा पेर्सिकले शनिबार लगातार पाँचौ हारको सामना गर्यो । बाली युनाइटेडसँग ४–० ले निराश बनेको केडिरी ७ खेलबाट १ अंकका साथ पुछारमा छ ।

त्यस्तै पेर्सिकलाई हराएको बाली युनाइटेड भने १५ अंकका साथ तेस्रो स्थानमा छ । रोहितले पेर्सिकका लागि सबै जसो खेलमा पहिलो रोजाई मै रहेर खेलिरहेका छन् । यद्यपि टोलीलाई अपेक्षाकृत नतिजा दिन भने सकेका छैनन् ।

पेर्सिकले आफ्नो आगामी खेल आउँदो शुक्रबार पिएसएमसँग खेल्नेछ । लगातारको हारले टोलीमाथि रेलिगेशनको दबाब पनि छ ।

 

Post Comments