News मुस्ताङ दोस्रो बराहक्षेत्र गोल्डकप असोज पहिलो सातादेखि
गोलनेपाल

बराहक्षेत्र । कल्चरल ग्रीन क्लब, सुनसरीको आयोजनामा आउँदो असोज ९ गतेदेखि मुस्ताङ दोस्रो बराहक्षेत्र गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

‘हाम्रो गोल, लागु औषध तथा दुव्र्यसन विरुद्धको बोल’ भन्ने मूल नाराका साथ शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा हाटखोला एफसी र राजावास युथ क्लब आमने सामने हुने छन् ।

असोज १८ गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरु बराहक्षेत्र–६, चक्रघट्टी स्थितश्री महेन्द्र माविको खेलमैदानमा हुनेछ । मुस्ताङ प्रिमियर स्ट्रोङ बियरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

बराहक्षेत्र नगरपालिका खेलकुद विकास समितिको संरकक्षकत्व रहने प्रतियोगिताको संयोजन बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ६ ले गरेको छ । कुल १० टोलीहरुको सहभागिता रहने प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकमले गर्नेछ ।

Post Comments