News आयोजक जहदालाई महिला फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

जहदा । यहाँ सम्पन्न प्रथम जहदा कप एड ए साईड महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक जहदा फुटबल क्लबले जितेको छ । फाइनलमा केराबारी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै जहदा च्याम्पियन बनेको हो ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी मोरङ जिल्ला फुटबल संघका अध्यक्ष संजिव बुढाथोकी, अतिथीहरु चरण गुरुङ, डेनी राई लगायतले पुरस्कृत गरेका थिए ।

जहदा फुटबल क्लबको आयोजनामा गत भाद्र १६ गतेदेखि शुरु प्रतियोगितामा मोरङका कुल ६ महिला फुटबल टोलीहरुको सहभागिता रहेको आयोजकले जानकारी दियो ।

 

Post Comments