News
अन्ततः ए र बी डिभिजन क्लबले पाए पुरस्कार रकम (सूचीसहित)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार शहिद स्मारक ए डिभिजन लिग र बी डिभिजन लिगका क्लबहरुलाई दिनुपर्ने पुरस्कार रकम दिएको छ । एन्फाले दिनुपर्ने आवश्यक रकमहरु सम्बन्धित क्लबहरुको खातामा बुझाएको कुरा जानकारी दिएको छ ।
स्मरण रहोस, गत सिजन ए डिभिजन लिगको उपाधि अपराजित रहेर मच्छिन्द्र फुटबल क्लबले जितेको थियो । त्यस्तै त्रिभुवन आर्मी फुटबल क्लबले दोस्रो स्थान हासिल गर्दा न्युरोडटिम (एनआरटी) ले तेस्रो स्थान हात पारेको थियो । त्यस्तै ब्रीगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लब भने रेलिगेशनमा परेका थिए ।
त्यसैगरी बी डिभिजन लिगतर्फ चर्च ब्वाईज युनाइटेड लिग च्याम्पियन बन्दा खुमलटार युथ क्लबले दोस्रो स्थान हासिल गरेको थियो । दुवै टोली ए डिभिजन लिगमा समेत बढुवा हुन सफल भएका थिए ।


Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै