काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपमा दावेदार मध्ये एक नेपालले अर्को बलियो टोली भारतमाथि उत्कृष्ट जित हात पारेको छ । समूह बी मा रहेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा भारतलाई ३–१ ले हराएको हो । यो जितसँगै नेपाल समूह बी को विजेता तथा भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
खेलको २५औं मिनटमा मितेइले गोल गर्दै भारतलाई खेलमा अग्रता दिलाएका थिए । तर नेपालले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो । ४५औं मिनटमा सरोज दर्लामीले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ४९औं मिनटमा उनेश बुढाथोकीले दोस्रो गोल थपे भने ६८औं मिनटमा सुवास बलमे तेस्रो गोल गर्दै नेपालको जित पक्का गरे ।
यो जितपछि २ खेलबाट ६ अंक जोडेको नेपाल शिर्ष स्थानमा रहँदै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्यो । त्यस्तै ३ अंक जोडेको भारत दोस्रो स्थानमा रहेर उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्यो भने अंकविहीन भुटान पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल