News भदौ अन्तिम सातादेखि पेप्सी केयु कप
गोलनेपाल

काठमाडौं । काठमाडौं युनिभर्सिटी, धुलिखेलको आयोजनामा भदौ ३१ देखि असोज ९ गतेसम्म पेप्सी केयु कप इन्टर कलेज राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक युनिभर्सिटी कै खेल मैदानमा हुने प्रतियोगितामा देशभरिका कलेज टिमहरुले सहभागिता जनाउन पाउने खेल संयोजक निकित केसीले जानकारी दिए । साथै टिमदर्ताका लागि संयोजकको नम्बर ९८४९८४०५५५ मा सम्पर्क गरि दर्ता गर्न सकिने पनि संयोजक केसीले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।

 

Post Comments