भक्तपुर । माउण्ट एभरेष्ट युथ क्लब, नगरकोट, भक्तपुरको आयोजनामा आगामी असोज ७ गतेदेखि १५ गतेसम्म दोस्रो खुल्ला नगरकोट कप नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
चाँगुनारायण–६ नगरकोट स्थित खेलमैदानमा हुने प्रतियोगिताका लागि आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजकले जानकारी दियो । साथै आयोजक क्लबले प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरेको छ ।
टिमदर्ताका लागि यहि भदौ २० गतेदेखि असोज ५ गतेसम्मको दर्ता मिति तोकिएको छ । साथै टिमदर्ता शुल्क पनि १५ हजार रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
आयोजकका अनुसार प्रतियोगिताको समापन कार्यक्रमका दिन राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतीका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरिने जानकारी दिइयो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै