News दोस्रो खुल्ला नगरकोट कप असोज पहिलो सातादेखि
गोलनेपाल

भक्तपुर । माउण्ट एभरेष्ट युथ क्लब, नगरकोट, भक्तपुरको आयोजनामा आगामी असोज ७ गतेदेखि १५ गतेसम्म दोस्रो खुल्ला नगरकोट कप नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

चाँगुनारायण–६ नगरकोट स्थित खेलमैदानमा हुने प्रतियोगिताका लागि आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजकले जानकारी दियो । साथै आयोजक क्लबले प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरेको छ ।

टिमदर्ताका लागि यहि भदौ २० गतेदेखि असोज ५ गतेसम्मको दर्ता मिति तोकिएको छ । साथै टिमदर्ता शुल्क पनि १५ हजार रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

आयोजकका अनुसार प्रतियोगिताको समापन कार्यक्रमका दिन राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतीका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरिने जानकारी दिइयो ।

 

Post Comments