News सुकचार च्यालेञ्ज कपमा तालतलैयाको उत्कृष्ट शुरुवात
गोलनेपाल

सुकचर । दोस्रो सुकचर च्यालेञ्ज कपमा तालतलैया फुटबल एकेडेमीले उत्कृष्ट शुरुवात गरेको छ । बुढीगंगा खेलमैदानमा भएको उद्घाटन खेलमा तालतलैयाले मितेरी एफसी, इनरुवालाई शून्यका विरुद्ध ३ गोलले हरायो ।

तालतलैयाको जितमा सनम धिमाल, उत्तम राई र सन्तोष न्यौपानेले गोल गरे । खेलमा तालतलैयाका सनम धिमाल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११ सय र मेडल हात पारे ।

यो जितसँगै तालतलैया प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भदौ २६ गते आइतबारको खेल मेमोरी युवा क्लब, दुहबी र पुर्वाञ्चल युनाइटेड क्लब, सुन्दरहरैचा बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच उद्घाटन खेलकी प्रमुख अतिथी बुढीगंगा गाउँपालिकाकी उप–प्रमुख अमृता कुमारी गच्छदारले गरेकी थिईन् ।

नवयुवा क्लब, सुकचर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

Post Comments