News बर्दियामा प्रथम जमुनिया कप हुने
गोलनेपाल

बारबर्दिया । ‘समाज रुपान्तरको अभियानः सँस्कृति तथा खेलकुदको संरक्षणमा हाम्रो योगदान’ भन्ने मूल नाराका साथ एन्टिभाइरस युवा समाज, जमुनिया, बर्दियाको आयोजनामा असोज ८ गतेदेखि प्रथम जमुनिया कप खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

बारबर्दिया–१, जमुनिया स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताका लागि आवश्यक तयारीहरु शुरु भईसकेको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको खेल संयोजक बिमल वलीले बताए । इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ४,५५५ रुपैयाँ तोकिएको छ भने टिमदर्ता गर्ने अन्तिम मिति असोज ५ गतेसम्म रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १,००,०५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५०,०५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गंगाराम पाठकले जानकारी दिए । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पाठकले बताए ।

Post Comments