News
बंगलादेशसँग रोकियो बहराईन
काठमाडौं । एएफसी यु२० एसियन कप छनौटतर्फ नेपाल कै समूह बी मा रहेको बंगलादेशले आयोजक बहराईनलाई बराबरीमा रोक्न सफल भएको छ । बहराईनको अरद शहर स्थित अल मुहरक स्टेडियममा शनिबार राती सम्पन्न खेलमा बंगलादेशले बहराईनलाई गोलरहित बराबरीमा रोकेर महत्वपूर्ण अंक खोसेको हो ।
स्मरण रहोस, समूह बी तर्फ कै पहिलो खलमा शनिबार नेपालले भुटानसँग ०–२ को स्तब्धपुर्ण हार बेहोरेको थियो । समूह बी मा नेपालसँगै बंगलादेश, भुटान, आयोजक बहराईन र बलियो कतार रहेको छ । नेपालले आफ्नो दोस्रो खेल सोमबार कतारसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट