News असोज अन्तिमदेखि १०औं भंगेरी कप
गोलनेपाल

म्यागङ । कन्यास्थान युवा क्लब, म्यागङ– ६, पुरानोपानी, नुवाकोटको आयोजनामा विजयादशमी तथा शुभदिपावलीको अवसरमा आगामी असोज २९ गतेदेखि १०औं भंगेरी कप नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

कार्तिक ८ गतेसम्म चल्ने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । आयोजकका अनुसार टिमदर्ता गर्ने मिति असोज २० देखि २८ गतेसम्म रहेको छ । साथै टिमदर्ता शुल्क १०,५५५ रुपैयाँ तोकिएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments