News रोहितको टोली अझै जितविहीन
गोलनेपाल

काठमाडौं । पेर्सिक केदिरीका लागि इण्डोनेसियन लिगा वानको नयाँ सिजन खेलिरहेका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले लिगमा अझै पनि जितको स्वाद भने चाख्न पाएका छैनन् ।

लिग अन्तरगत शनिबार भएको आफ्नो नवौं खेलमा पेर्सिकले सिलेगोन युनाइटेडसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । जारी लिगमा समग्रमा यो पेर्सिकको तेस्रो बराबरी समेत हो ।

खेलको ३५औं मिनटमा माकन कोनाटेको गोलबाट सिलेगोनले खेलमा अग्रता लिएको थियो । तर ८१औं मिनटमा वावा मारियो यगालोले पेर्सिकका लागि बराबरी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलमा रोहितले पहिलो रोजाई मै रहेर पूरा समय खेले । यो नतिजापछि ९ खेलबाट ३ अंक मात्र जोडेको पेर्सिक लिगतालिकाको पुछारमा छ । उता सिलेगोन युनाइटेड भने ६ अंकका साथ १६औं स्थानमा छ । लिगको शिर्ष स्थानमा भने २२ अंक जोडेको मदुरा युनाइटेड छ ।

Post Comments