News बहराईनसँग नेपालको फराकिलो हार
गोलनेपाल

काठमाडौं । एएफसी यु–२० एसियन कप छनौटतर्फ समूह बी मा रहेको नेपालले बुधबार अबेर राती सम्पन्न खेलमा लगातार तेस्रो हार बेहोरेको छ । लगातार तेस्रो हार बेहोर्ने क्रममा नेपालले घरेलु टोली तथा आयोजक बहराईनसँग ६–० ले निरीह बन्न पुग्यो ।

नेपालले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा थप चार गोल खान पुगेको थियो । पहिलो हाफ मै अमर श्रेष्ठले रातो कार्ड खाँदै मैदान छाडेपछि घरेलु टोली विरुद्ध शुरुवातबाटै नेपाल दश खेलाडीमा सिमित बन्न बाध्य बनेको थियो । जसको फाईदा बहराईनले उठायो ।

स्मरण रहोस, लगातार तेस्रो हारसँगै नेपालको एएफसी यु–२० एसियन कप छनौटको सम्भावना समाप्त भएको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा कतारसँग ३–१ ले निराश बन्न पुगेको थियो । नेपालले समूह चरणको अन्तिम खेल आइतबार बंगलादेशसँग खेल्नेछ । जुन नेपालका लागि एउटा प्रतिष्ठाको भिडन्त हुनेछ ।

Post Comments