News तालतलैया सेमिफाइनलमा प्रवेश
गोलनेपाल

सुकचर । तालतलैया फुटबल एकेडेमी जारी दोस्रो सुकचर च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलमा तालतलैयाले भाउन्ने युथ क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बुढीगंगा खेलमैदानमा सम्पन्न खेलको ७औं र १२औं मिनटमा तालतलैयाका लागि सुशन तामाङले लगातार दुई गोल गरे । यद्यपि १९औं मिनटमा भाउन्नेका लागि मिलन परियारले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । २६औं मिनटमा तालतलैयाका लागि उत्तम राईले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा तालतलैयाका सुशन तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११ सय र मेडल हात पारे । प्रतियोगिता अन्तरगत भदौ ३० गते बिहीबारको चौथो क्वाटरफाइनल खेल आयोजक नवयुवा क्लब, सुकचर र पुर्वाञ्चल युनाइटेड, सुन्दरहरैचाबीच हुने आयोजकले जानकारी दियो ।

आउँदो असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् ।

 

Post Comments