News आर्मी चितवन गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

चितवन – दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लब जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न चौथो क्वाटरफाइनलमा नव जन जागृति युवा क्लब, सिमरालाई २–३ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

नारायणगढ स्थित क्याम्पाचौरमा सम्पन्न खेलमा आर्मीका लागि कप्तान जर्ज प्रिन्स कार्की, बिमल पाण्डे र सुदिल राईले गोल गरे । उता पराजित नव जनजागृतिका लागि सुरेश कुमाल र अनिश चौधरीले गोल फर्काएका थिए । खेलमा आर्मीका कप्तान जर्ज प्रिन्स कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

आर्मीले अब दोस्रो सेमिफाइनलतर्फ असोज १ गतेका दिन एभनिर एफसी, क्यामरुनको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत भदौ ३१ गतेको पहिलो सेमिफाइनल खेल मनाङ एफसी र नेपाल एपिएफ एफसी बीच हुने खेल संयोजक ध्रुव भुषालले जानकारी दिए ।

केबिए ग्लोबल भरतपुर एफसी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार पाउनेछ । फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

Post Comments