News सुनसरी, मोरङ, धनकुटा र झापा जित
राजकुमार श्रेष्ठ

इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ को महिला फुटबल छनौट प्रतियोगिताको बिहिबार भएको खेलमा सुनसरी, मोरङ, धनकुटा र झापाले जित हासिल गरेको छ । बिहिवार भएको दोस्रो दिनको पहिलो खेलमा सुनसरी र इलाम जिल्लाका महिला फुटबल खेलाडीको प्रतिस्पर्धामा सुनसरीले १ का विरुद्ध २ गोल लगाउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जिल्लाबाट छनौट भएर आएको इलामले चाहेजस्तो प्रदर्शन भने गर्न सकेन । सुनसरीका लागि पहिलो हाफको चौथो मिनेटमा जर्सी नम्बर ९ की तेरिशा मगरले गोल गर्दै पहिलो हाफमा सुनसरीले एक शुन्यको अग्रता बनाएको थियो । निकै नै प्रतिस्पर्धा खेलमा इलामका लागि दोस्रो हाफको चौथो मिनेटमा जर्सी नम्बर ८ की खेलाडी जेनिफरले इलामको लागि बराबरी गोल गरेकी थिइन ।

दोस्रो हाफको २३ औं मिनेटमा इलाम समालिन नसक्दा सुनसरीका जर्सी नम्बर १३ कि खेलाडी आशिका बोहोराको गोलले सुनसरीको जित सुनिश्चित भयो । आजै भएको दोस्रो खेलमा मोरङले भोजपुरलाई ३-१ गोलले पराजित गरेको छ । भोजपुरको लागि पहिलो हाफको ३औं मिनेटमा जर्सी नम्बर ९ की खेलाडी आरती भुजेलले गरेको गोलको अग्रता जोगाउन नसक्दा हान पुग्यो ।

पहिलो हाफको १६ औं मिनेटमा जर्सी नम्बर १३ की खेलाडी बिनिता तामाङले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पुर्याउन सफल भइन । पहिलो हाफ दुबै टिम एक-एक को बराबरीमा खेल्न पुगेन । दोस्रो हाफमा मोरङले थप दुई गोल गरेका छन मोरङको लागि दोस्रो हाफको २० र ३३ औं मिनेटमा जर्सी नम्बर १६ बिना लिन्बु र जर्सी नम्बर ३१ की गोलकिपर कल्पना कार्कीले पेनाल्टी मार्फत गोल गरेका हुन । त्यस पछि कुनै गोल हुन सकेन ।

त्यसैगरी तेस्रो खेलमा धनकुटाले पाँचथरलाई एक-एक गोलको बराबरी पछि सड एण्ड डेथ मा धनकुटाले ६-५ गोलले पराजित गरेको छ । निर्धारित समयमा धनकुटाको लागि खेलको १३ औं मिनेटमा जर्सी नम्बर २ कि खेलाडी समिक्षा पौडेलले गोल गरिन भने दोस्रो हाफको २१ औं मिनेटमा पाँचथरको लागि जर्सी नम्बर ११ कि खेलाडी मनिता तुभ्रोकले बराबरी पछि सड एण्ड डेथ मा ८-८ को प्रहारमा धनकुटाले ६-५ गोल जित्न सफल भयो ।

आजको अन्तिम खेलमा झापाले सोलुखुम्बुलाई ४-० गोलको जित निकालेको छ । सोलुखुम्बु माथी एक पक्ष दबाब राखेको झापाले खेलको ४ र १४ मिनेटमा लक्ष्मी श्रेष्ठ र सरस्वती दाहाल ले क्रमस गोल गरे भने ममता राउतले खेलको २९ र ५६ औं मिनेटमा २ गोल गर्दै झापा ४-० को जित निकाले हो । भोलि पनिक्वाटरफाइनलका चार खेल हुने छन । धनकुटा र उदयपुर, झापा र खोटाङ, संखुवासभा र मोरङ, ताप्लेजुङ र सुनसरी बिच खेल हुने छ ।

Post Comments