News आयोजक नव युवा क्लब सेमिफाइनलमा
गोलनेपाल

सुकचर । आयोजक नवयुवा क्लब, सुकचर ११ जारी दोस्रो सुकचर च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा पुर्वाञ्चल युनाइटेड, सुन्दरहरैचालाई टाईब्रेकरमा ४–२ ले हराउँदै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि बुढिगंगा खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ नव युवाका लागि सिशन चौधरी र प्रवेश बस्नेतले गोल गरे भने उता पुर्वाञ्चलका लागि सुजन चौधरी र रुपेश चौधरीले गोल गरेका थिए ।

खेलमा आयोजक नव युवाका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ११ सय र मेडल हात पारे । प्रतियोगिता अन्तरगत भदौ ३१ गतेको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल पेमा युवा क्लब, मोरङ र तालतलैया फुटबल एकेडेमी, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।

आउँदो असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments