News रुपन्देहीमा प्रथम समपूर्ण कप हुँदै (खेलतालिकासहित)
सुरज राना मगर

बुटवल । फुटबलको सिजन भित्रिएसँगै रुपन्देहीमा फुटबल प्रतियोगिताको माहोल पनि तातिने गर्दछ । यसै क्रममा समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजनामा स्व. खबिर पुन र प्यारी स्मृति प्रथम समपुर्ण कप खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

असोज ४ देखि १७ गतेसम्म आयोजना हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष झविलाल थापाले जानकारी दिए । उनले क्लबको आयोजनामा यो पहिलो संस्करण भए तापनि प्रतियोगितालाई सफल बनाउन आफूहरु तदारुकताका साथ लागिपरेको बताए ।

सुपौली स्थित बाउन्नकोटी सामुदायिक वन खेलमैदानमा हुने प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको प्रचार प्रसार संयोजक रवि अर्यालले बताए । अर्यालका अनुसार प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षाका साथ सिमित क्लबहरुलाई मात्र सहभागि गराइएको बताए ।

प्रतियोगिताको मुख्य प्रायोजन धन बहादुर पुनले गरेका छन् । उनले आफ्ना दिवंगत मातापिता स्व. प्यारी पुन र खबिर पुनको स्मृतिमा प्रायोजन गरेका हुन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक प्रेम पुनले जानकारी दिए ।

Post Comments