News धनकुटा, झापा, मोरङ र सुनसरी सेमिफाइनलमा
गोलनेपाल

इटहरी । सुनसरीको इटहरी रंगशालामा शुक्रवार भएको ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश नम्बर १ को महिला फुटबल छनोटको खेलमा धनकुटा, झापा, मोरङ र सुनसरी विजयी भएको छ ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा धनकुटाले उदयपुरलाई शुन्यको विरुद्ध तीन गोल गर्दै सेमिफाइनल प्रवेश गरेछ । निकै नै रोमान्चक खेलमा धनकुटा उदयपुर माथी भारी बनेको थियो । धनकुटाको जित मा ९ र ३४ मिनेटमा जर्सी नम्बर १४ की खेलाडी अनिता गुरुङले गोल गरिन भने थप एक गोल ५५ मिनेटमा जर्सी नम्बर १२ की खेलाडी संध्या रम्तेलले गोल गर्दे धनकुटा ३-० ले जित निकाल्दै सेमिफाइनल पुगेको छ । अब धनकुटाले भोलि हुने पहिलो सेमिफाइनल खेल सुनसरी संग खेल्नेछन ।

यस्तै दोस्रो क्वाटरफाइनल खेलमा झापाले खोटाङलाई ३-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । निकै प्रतिस्पर्धा खेलमा २१ औं मिनेटमा पाएको पेनाल्टीमा जर्सी नम्बर ८ की खेलाडी संजना राई गोल गरिन साथै उनले खेलको ५१ औं मिनेटमा अर्को थप गोल गरिन । यस्तै थप एक गोल खेलको ३६ औं मिनेटमा जर्सी नम्बर ७ की खेलाडी लक्ष्मी श्रेष्ठले गोल गर्दै झापाले ३-० को जित निकालेको हो । अब झापाले भोलि हुने दोस्रो सेमिफाइनल खेलमा मोरङ संग खेल्नेछ ।

आजै भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङले संखुवासभा लाई ३-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । मोरङको लागि खेलको ६ र ३१ मिनेटमा जर्सी नम्बर ५ की खेलाडी पुर्णिामा राईले गोल गरिन भने थप अर्को गोल ६० औं मिनेटमा जर्सी नम्बर १ की खेलाडी रिना बस्नेतले गोल गर्दै झापा संगको भेट पक्का गरेको हो ।

अन्तिम क्वाटरफाइनल खेलमा सुनसरीले ताप्लेजुङलाई टाइब्रेकरमा ३-१ गोलले विजय भएको छ । निकै नै प्रतिस्पर्धा खेलमा निर्धारित समयसम्म कुनै पनि टिमबाट गोल नभए पछि खेलको निर्णय टाइब्रेकरबाट लिएको हो । जसमा सुनसरी लागि कृस्टी फर्जी, सर्मिला तामाङ र अनुजा प्रधानले गोल गरिन भने ताप्लेजुङको लागि प्रतीक्षा राईले मात्र गोल गरिन । अब भोलि पहिलो सेमिफाइनल खेलमा धनकुटा संग खेल्ने छन ।

Post Comments