News धनकुटा र झापा फाइनलमा भिड्ने
राजकुमार श्रेष्ठ

इटहरी । सुनसरीको इटहरी रंगशालामा शनिबार भएको ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश नम्बर १ को महिला फुटबल छनोटको खेलमा धनकुटा र झापा जित निकाल्दै फाइनल पुगेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा धनकुटाले सुनसरीलाई शुन्यको विरुद्ध तीन गोल गर्दै फाइनल प्रवेश गरेको छ । धनकुटाको लागि खेलको दशैं मिनेटमा जर्सी नम्बर १२ की खेलाडी सन्ध्या रमतेलले पहिलो गोल गरेकी थिइन ।

गोल गरेको एक मिनेट नबित्दै एघारौं मिनेटमा जर्सी नम्बर ९ की खेलाडी निशा थुलुङ्ग राईले गोल गर्दै सुनसरी माथी दबाब बनाई रह्यो । यस्तै थप एक गोल ३० औं मिनेटमा जर्सी नम्बर १४ की खेलाडी अनिता गुरुङले गरिन । अब धनकुटाले भोलि हुने फाइनल खेलमा झापा संग खेल्ने छ ।

इटहरी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा मोरङ माथी १-० को संर्घषपुर्ण जित निकाल्दै झापा फाइनल पुगेको छ । निकै प्रतिस्पर्धा खेलमा पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलिले खेलमा राम्रा अवसर पाए पनि गोल भने गर्न नसके पछि पहिलो हाफ बराबरीमा खेलेको थिए । झापाको लागि कोच सन्त बहादुर रायमाझीले दोस्रो हाफको २० मिनेटमा गरेको खेलाडी परिवर्तनले निकै फाइदा पुगो ।

त्यसको २६औं मिनेटमा जर्सी नम्बर ९ की खेलाडी मुना भुजेलको एक मात्र गोलले झापा फाइनल पुग्न सफल भएको हो । अब झापाले भोलि हुने फाइनल खेलमा धनकुटा संग खेल्ने छ ।

Post Comments