News प्रथम खैरहनी गोल्डकपको मिति सर्यो
गोलनेपाल

खैरहनी । विपन्न उत्थान मञ्च, खैरहनी–३, चितवनको आयोजनामा असोज १ गते शनिबारदेखि शुरु हुने भनिएको प्रथम खैरहनी गोल्डकप फुटबल प्रतियोगिताको मिति सरेको छ । प्रतिकुल मौसमका कारण प्रतियोगिताको उद्घाटन मिति असोज ४ गतेका लागि सारिएको आयोजक मञ्चका अध्यक्ष ऋषि थापा मगरले जानकारी दिए ।

खैरहनी माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक विपन्न उत्थान मञ्च र अरुणखोला युनाइटेड भिड्ने कार्यक्रम थियो । उद्घाटन मिति सरेसँगै असोज १६ गतेसम्म चल्ने भनिएको प्रतियोगिताको समापन कार्यक्रम पनि पर धकेलिने निश्चित भएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । गोलनेपाल डटकम प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर समेत हो । साथै प्रतियोगिताको सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments