News उदयपुर स्पोर्टस पंचायन गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

रामधुनी । उदयपुर स्पोर्टस क्लब यहाँ जारी दोस्रो पंचायन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न क्वाटरफाइनलतर्फ उदयपुरले सप्तकोशी एफसीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि आयोजक पंचायन क्लबको खेलमैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको ३१औं मिनटमा सुजित राईको गोलबाट सप्तकोशीले खेलमा अग्रता लिएको थियो । उदयपुरका लागि दोस्रो हाफको २२औं मिनटमा सुनिल खड्काले बराबरी गोल फर्काएका थिए ।

खेलमा उदयपुरका गोलरक्षक पुर्ण चेम्जोङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१ सय हात पारे । प्रतियोगिता अन्तरगत असोज ४ गतेको क्वाटरफाइनल खेल आयोजक पंचायन क्लब (निलो) र नवयुवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

पंचायन क्लब, रामधुनी–७ पंचायनको आयोजनामा यहि असोज १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments