
काठमाडौं । घरमै सम्पन्न महिला साफ च्याम्पियनसिपको फाइनल लगतै नेपाली महिला फुटबल टोलीका तीन सदस्य पुनम जर्घा मगर, दिपा राई र इन्जिरा राईले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनीहरुले फाइनल लगतै घरमै सम्पन्न प्रतिष्ठित प्रतियोगिताको समापन कार्यक्रमलाई आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियरलाई पनि समापन गर्ने सही समय माने ।
पुनम गत वर्ष नै अस्वस्थ्य थिईन् । मुटुमा समस्या देखिएकी उनले सफल शल्यक्रिया लगतै मैदानमा फर्किएका थिईन् । यद्यपि आफ्नो स्वस्थ्य स्थितिलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय फुटबललाई यहि बिट मार्ने निर्णय गरिन् । रक्षापंक्तिमा खेल्ने पुनमले भर्खरै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई फाइनल पुर्याउन अहम भूमिका खेलिन् ।
पुनमसँगै दिपा र इन्दिरा तीन जना विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका सदस्य हुन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ लगायत अन्य विशिष्ठ अतिथीहरुले विदाई गरे ।
स्मरण रहोस, लगातार दोस्रोपटक घरमै सम्पन्न महिला साफको फाइनलमा पुगेको नेपालले ऐतिहासिक उपलब्धी चुम्नबाट भने असफल भएको थियो । सोमबार सम्पन्न फाइनल भिडन्तमा नेपालले बंगलादेशसँग १–३ ले नतिजा सुम्पिन बाध्य बनेको थियो । उता पहिलोपटक साफ च्याम्पियन बनेको बंगलादेशका लागि पनि यो ऐतिहासिक उपलब्धी थियो ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)