News मोरङ, सुनसरी, संखुवासभा र भोजपुर सेमिफाइनलमा
राजकुमार श्रेष्ठ

विराटनगर । सहिद रंगशालामा बिहिवार भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश नम्बर १ को पुरुष फुटबल छनोटको खेलमा मोरङ, सुनसरी, संखुवासभा र भोजपुर विजय भएको छ । बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा मोरङले ताप्लेजुङलाई निर्धारित समयमा दुई-दुई गोलको बराबरी पछि सडनडेथमा ७-६ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

खेलमा सुरुवाती गोल ताप्लेजुङले ३३ औं मिनेटमा जर्सी नं ९ का खेलाडी मन्जित लिम्बुले गोल गरेका थिए । पहिलो हाफमा ताप्लेजुङले मोरङ माथी १-० को अग्रता बनाएको थियो । मोरङको लागि बराबरी गोल ४९ औं मिनेटमा जर्सी नं ३ का खेलाडी बिक्रम धिमालले गोल गरेका थिए ।

यस्तै ताप्लेजुङको लागि खेलको ६६ औं मिनेटमा जर्सी नं ६ का खेलाडी विवेक लिम्बू गोल गर्दै टिमलाई अग्रता दिलाए पनि मोरङको लागि ८० औं मिनेटमा जर्सी नं ७ का खेलाडी कोमल खवासले बराबरी गोल गर्दै निर्धारित समयामा दुवै टिम २-२ गोलको बराबरी पछि सडनडेथमा ७-६ गोलले जित्दै सेमिफाइनल पुगेको छ ।

यस्तै दोस्रो क्वाटरफाइनल खेलमा धनकुटालाई जित्दै सुनसरी सेमिफाइनल प्रवेश गरेको छ । निकै प्रतिस्पर्धा खेलमा पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलिले खेलमा राम्रा अवसर पाए पनि गोल भने गर्न नसके पछि पहिलो हाफ बराबरीमा खेलेको थिए ।

धनकुटाले ४३ औं मिनेटमा जर्सी नं १४ का खेलाडी बुद्ध राज लिम्बुले गोल गरेका थिए । त्यसको ६० औं मिनेटमा सुनसरीको लागि जर्सी नं १० का खेलाडी समीर राईले बराबरी गोल गरे । त्यस पछि दुवै टिमबाट गोल नभए पछि सडनडेथमा सुनसरीले धनकुटालाई ८-७ गोलले पराजित गर्दै सेमिफाइनल पुगेको छ ।

यस्तै आज भएको तेस्रो क्वाटरफाइनल खेलमा संखुवासभाले ओखलढुंगालाई ३-२ गोलले हराउदै सेमिफाइनल पुग्न सफल भएको छ । खेलमा १३ औं मिनेटमा ओखलढुंगाको लागि जर्सी नं ११ का खेलाडी राजु सुनुवारले अग्रता दिलाएका थिए ।

यस्तै संखुवासभाको लागि २६ औं मिनेटमा जर्सी नं ९ का खेलाडी आरुश श्रेष्ठले बराबरी गोल गरे भने पहिलो हाफको ४२ औं मिनेटमा ओखलढुंगाका जर्सी नं ८ का खेलाडी विवेक मगरले गोल गरेका थिए । दोस्रो हाफमा संखुवासभाको लागि खेलको ५० र ७५ औं मिनेटमा जर्सी नं १० र ६ का खेलाडी जीवन राई र सुशील जिमिले क्रमश एक-एक गोल गर्दै आफ्नो टिमलाई जित दिलाउन सफल भए ।

अब संखुवासभाले भोलि हुने पहिलो सेमिफाइनल खेलमा मोरङसंग खेल्ने छ । यस्तै आजको अन्तिम क्वाटरफाइनल खेलमा भोजपुरले इलामलाई ३-३ को बराबरी पछि ट्राइब्रेकरमा ४-२ गोलले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा भोजपुरले ३३ र ३७ औं मिनेटमा जर्सी नं ११ का खेलाडी विजय भुजेल गोल गरे भने एक गोल उपहार प्राप्त गरेको थियो ।

३ गोलले पछि परेको इलाम खेल ५१ र ७६ औं मिनेटमा जर्सी नं १० का खेलाडी माल्दिना आङ्ग्थुपोले गोल गर्यो भने थप एक गोल ६० औं मिनेटमा जर्सी नं १४ का सन्दिप लिम्बु गोल गरि खेल बराबरी पुर्याएका थिए । अब भोलि भोजपुरले सुनसरीसंग सेमिफाइनल खेल्ने छ ।

Post Comments