News नव टिकुलीगढको जितमा जमिर र सुरजको ह्याट्रिक
सुरज राना मगर

तिलोत्तमा । यहाँ जारी स्व. खबिर पुन र प्यारी पुन स्मृति प्रथम समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगितामा नव टिकुलीगढ युवा क्लबले शानदार जित हात पारेको छ ।

बिहीबार सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा सम्पन्न प्रिक्वाटरफाइनलतर्फ चर्चित खेलाडीहरुले भरिएको नव टिकुलीगढले अमुवा युवा क्लबलाई ६–१ को फराकिलो अन्तरले हरायो । नव टिकुलीगढका लागि जमिर मियाँ र सुरज घलानले ह्याट्रिक गरे ।

उता पराजित अमुवाका लागि देव दर्लामीले एक मात्र गोल फर्काए । खेलमा अमुवाले पेनाल्टीको अवसर पनि पाएको थियो । तर विश्वास गुरुङले त्यो पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यो जितसँगै नव टिकुलीगढ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा नव टिकुलीगढका जमिर मियाँ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज ७ गते शुक्रबारको खेल न्यु हिउचुली युवा क्लब र रेसुङ्गा युवा क्लबबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

समपुर्ण युवा क्लब, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १७ गतेका दिन हुनेछ ।

 

Post Comments