News दोस्रो मलिथम च्याम्पियनसिप १७ गतेदेखि
गोलनेपाल

उदयपुर । मलिथप थारु सेवा समाज, उदयपुरेको आयोजनामा यहि असोज १७ गतेदेखि दोस्रो मलिथम च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ ।

चौदण्डीनगढी नगरपालिका–९, ज्यामिरे स्थित थानपोखरी माविको खेलमैदानमा हुने प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार पाउनेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज २० गतेका दिन हुनेछ ।

Post Comments