News
थालाजुङ दशैं कप असोज ११ देखि
गोरखा । युनाइटेड युथ क्लब थालाजुङ, सिरान्चोक–२ गोरखाको आयोजनामा यहि असोज ११ गते मंगलबारदेखि १४औं थालाजुङ दशैं कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता आयोजनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले जानकारी दियो । साथै इच्छुक क्लबहरुका लागि टिमदर्ता गर्ने अन्तिम मिति यहि असोज १० गतेसम्म तोकिएको खेल संयोजक सुर्य गुरुङले जानकारी दिए । त्यस्तै टिमदर्ता शुल्क ७ हजार प्लस एक हजार थप तोकिएको छ ।
युनाइटेड खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक सुर्य गुरुङले बताए । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले जानकारी दिए ।
Post Comments
Related News
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन