News
झापामा शुरु हुँदै चार दिवसीय फुटबल
कनकाई । सुकेडाँगी फुटबल क्लब, कनकाई–२, सुकेडाँगी, झापाको आयोजनामा यहि असोज १४ देखि १७ गतेसम्म चार दिवसीय फुटबल प्रतियोगिता हुने भएको छ ।
‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथ आउँदै गरेको बडा दशैंको अवसरमा आयोजना हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
नाईन ए साईड प्रतियोगिताको पहिलो दिन ब्रदर्श एफसी विरुद्ध दमक एफसी भिड्ने छन् भने सोही दिन अर्को खेलमा सुकेडाँगी एफसी र डाँगीबारी एफसी आमने सामने हुनेछन् ।
सामुदायिक वन परिषरको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त आयोजक क्लबका मनोज राईले जानकारी दिए ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक