News नारदमुनी थुलुङ स्मृति गोल्डकप शुरु, चारतारेको विजयी शुरुवात
जनम बराल

बसाहा । आइतबारदेखि शुरु आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा चारतारे क्लब, मोरङले विजयी शुरुवात गरेको छ । चौदण्डी–४ बसाहा स्थित नारदमुनी रंगशालामा भएको उद्घाटन खेलमा चारतारेले गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देहीलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलमा चारतारेका भुवन बस्नेत म्यान अफ द म्याच घोषित भए । यो जितसँगै चारतारे क्लब सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज १० गतेको दोस्रो क्वाटरफाइनल खेल गोर्खा स्र्पोटिङ क्लब, झापा र भोजपुर जिल्ला फुटबल संघ बीच हुने आयोजकले जानकारी दियो ।

बसाहा क्लब, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

Post Comments