काठमाडौं । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाम जाने नेपालको यु–१७ टोलीको २३ सदस्यीय फाइनल स्क्वाड बिहीबार घोषणा गरेका छन् । यसै महिना श्रीलंकामा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपको फाइनल खेलेको नेपालले स्वदेश फर्किएपछि फेरि ३० जना बन्द प्रशिक्षणमा थिए ।
एएफसी यु–१७ एसियन कप छनौट खेल्न भियतनाम जान लागेको नेपाली यु–१७ फुटबल टोली उत्साहित र महत्वाकांक्षी पनि छ । छनौट प्रतियोगितातर्फ समूह एफमा परेको नेपालले आयोजक भियतनामसँगै थाइल्याण्ड र चाइनिज ताईपेईसँग प्रतिस्पर्धा गर्नेछ । छनौट प्रतियोगितामा सहभागिताका लागि टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ ।
यस्तो छ नेपाली यु–१७ टोलीः
गोलकिपर्सः समिर चन्द, रुबिन भोगटी, कृषल मोक्तान
डिफेन्डर्सः मदन पौडेल, युनिश मगर, दिपक थापा मगर, निशान्त तामाङ, बिक्रम तामाङ, सिमान्त थापा, आस्विन घोरासाइनी, धिरज विश्वकर्मा, राम थापा
मिडफिल्डर्सः हरिष राज भट्ट, प्रशान्त लक्षम, बिनोद केसी, श्रीयांश मानन्धर, निरज कार्की, सरोज दर्लामी, उनिष बुढाथोकी, लक्षु थापा, धन सिंह बिक
फरवार्डसः सुबास बम, सिजल राई
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”