News चारतारे क्लब उपाधि नजिक
गोलनेपाल

बसाहा । चारतारे क्लब, मोरङ यहाँ जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा चारतारेले बलियो प्रतिद्वन्द्वी चर्च ब्वाईज युनाइटेडलाई टाईब्रेकरमा ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि नारदमुनी रंगशालामा भएको नियमित समयतर्फको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा अभिषेक लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असोज १४ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल एभनिर एफसी, क्यामरुन र भोजपुर बीच हुने आयोजकले जानकारी दियो ।

बसाहा क्लब, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

Post Comments