News अमर स्र्पोटिङको जित
गोलनेपाल

रतुवामाई । नगर युवा तथा खेलकुद समिति, रतुवामाई–६ को आयोजनामा जारी अन्तरापालिका क्लबस्तरीय फुटबल प्रतियोगितामा अमर स्र्पोटिङ क्लबले जित हात पारेको छ ।

जित हात पार्ने क्रममा अमर स्र्पोटिङले राजघाट स्र्पोटिङ क्लब, उर्लाबारीलाई २–० ले हरा यो । यो जितसँगै अमर स्र्पोटिङ प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश ग रेको छ ।

खेलमा अमर स्र्पोटिङका अर्पन श्रेष्ठ म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत असोज १४ गते शुक्रबारको खेल डाँगीहाट फुटबल क्लब, बेलबारी र अमरदह स्र्पोटिङ क्लब, सुनबर्शी बीच हुने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले नगद ५० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग र्नेछ ।

Post Comments