News रोयल जिम पेन्गुइन कपको फाइनलमा
गोलनेपाल

चितवन । रोयल जिम सुर्यपुर एफसी जारी प्रथम पेन्गुइन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गडुवा खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा रोयल जिमले एपिएफ, भण्डारालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनल खेल कालिका ५ र पञ्चदिप एफसी, सालघारीबीच हुने आयोजकका जिवन थापा मगरले जानकारी दिए ।

लालीगुराँस टोल विकास संस्था, कालिका–१, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments