News नवयुवा प्रथम समपुर्ण कपको फाइनलमा
सुरज राना मगर

तिलोत्तमा । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल यहाँ जारी प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा नवयुवाले आहाना एफसी, बुटवललाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा भएको खेलमा नवयुवाका लागि बिज्ञान गुरुङ र शिव बोटेले गोल गरे । उता पराजित आहानाका लागि सुन्दर बगालेले गोल गरेका थिए ।

खेलमा नवयुवाका बिज्ञान गुरुङ म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत असोज १४ गते शनिबारको दोस्रो सेमिफाइनल खेल आयोजक समपुर्ण युवा क्लब र न्यु हिउचुली युवा क्लब बीच हुने खेल संयोजक प्रेम पुनले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १७ गतेका दिन हुनेछ ।

Post Comments