News
पञ्चदिप प्रथम पेन्गुइन कपको फाइनलमा

चितवन । पञ्चदिप फुटबल क्लब यहाँ जारी प्रथम पेन्गुइन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गडुवा खेलमैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा कालिका ५ लाई ०–२ ले हराउँदै पञ्चदिप उपाधि नजिक पुगेको हो ।
खेलमा सुशिल राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल प्राप्त गरे ।
अब पञ्चदिपले फाइनलमा असोज १६ गते आइतबारका दिन रोयल जिम क्लबसँग उपाधिका लागि भिड्ने आयोजकका जिवन थापा मगरले जानकारी दिए । रोयज जिमले बिहीबार मात्र पहिलो सेमिफाइनलमा एपिएफ भण्डारालाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।
लालीगुराँस टोल विकास संस्था, कालिका–१, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ ।
Post Comments