News न्यु हिउचुली फाइनलमा, उपाधिका लागि नवयुवासँग भिड्ने
सुरज राना मगर

तिलोत्तमा । न्यु हिउचुली युवा क्लब यहाँ जारी प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा हिउचुलीले आयोजक समपुर्ण युवा क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा सम्पन्न खेलमा हिउचुलीका लागि सन्दिप चौधरी, अरुण चौधरी र विश्वास थापाले गोल गरे । उता पराजित समपुर्णका लागि दुवै गोल सबी गुरुङले गरे । उनले एक गोल भने पेनाल्टीमार्फत गरेका थिए ।

खेलमा हिउचुलीका हिमाल थापा म्यान अफ द म्याच चुनिए । जित हात पारेको हिउचुलीले अब असोज १७ गतेका दिन नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलसँग उपाधिका लागि फाइनलमा भिड्नेछ ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष झविलाल थापाले जानकारी दिए ।

Post Comments