News असोज अन्तिम सातादेखि दोस्रो रिनुवाल कप
गोलनेपाल

मानेभञ्ज्याङ । दशैं–तिहारको अवसर पारी ओखलढुंगाको मानेभञ्ज्याङमा यहि आउँदो असोज २७ गतेदेखि दोस्रो रिनुवाल कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । मानेभञ्ज्याङ–३, रिनुवाल स्थित व्ओकुला खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको आयोजकका रेन्जा राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले ७५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकका अर्का सदस्य सञ्जय राईले बताए ।

आयोजकले प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरेको छ । साथै टिमदर्ता गर्ने अन्तिम मिति असोज २५ गतेसम्म रहेको आयोजकका विजय राईले जानकारी दिए । त्यस्तै टिमदर्ता शुल्क ९,९९९ रुपैयाँ रहेको समेत राईले बताए ।

Post Comments