News
लुम्बिनी प्रदेशलाई चौथो राजधानी कपको उपाधि
धनगढी । चौथो सुदुरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा लुम्बिनीले कर्णाली प्रदेशलाई पेनाल्टी शुटआउटमा ९–८ ले हराउँदै च्याम्पियन बनेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
विजेता बनेको लुम्बिनी प्रदेशले उपाधिसहित नगद ५ लाख हात पारेको छ भने उपविजेता कर्णाली प्रदेशले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बनेको छ ।
पि.एफ.ए. स्पोर्टस क्लब, गोदावरी–२, अत्तरिया, कैलालीको आयोजनामा असोज ८ गतेदेखि शुरु प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमको दुई टोली गरी सातै प्रदेशका कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने