
काठमाडौं । इण्डोनेसियन फुटबलको शिर्ष लिग लिगा इण्डोनेसिया बरुतर्फ एरेमा र पर्सिबय बीचको खेलमा झडप हुँदा १२७ जनाको मृत्यु भएको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मर्नेमा दुई जना सुरक्षाकर्मी रहेको पनि स्थानीय प्रहरीले जनाएको छ ।
रिपोर्टअनुसार इस्ट जावाको कन्जुरुहान स्टेडियममा भएको सो घट्नामा परि १८० जना भन्दा बढीको अहिले उपचार चलिरहेको बताइएको छ । इण्डोनेसियन मिडिया टेम्पोका अनुसार शनिबार राती सम्पन्न एरेमा र पर्सिबयबीचको खेलपश्चात उक्त घट्ना घटेको हो ।
खेल सामान्य रुपमा सम्पन्न भए तापनि नतिजा ३–२ ले पर्सिबयको पक्षमा गएपछि असन्तुष्ट देखिएका एरेमा एफसीका समर्थकहरु मैदान मै प्रवेश गरि उत्पात मचाएका थिए । टेम्पोका अनुसार एरेमाको यो २३ वर्ष यता कै पहिलो हार थियो । यो घट्ना लगतै इण्डोनेसियन फुटबल एक साताका लागि स्थगित समेत गरिएको छ ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि