News शान्तिनगर मुस्ताङ दोस्रो बराहक्षेत्र गोल्डकपको फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । शान्तिनगर फुटबल क्लब, इटहरी यहाँ जारी मुस्ताङ दोस्रो बराहक्षेत्र गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा शान्तिनगरले उदयपुर स्पोर्टस क्लब, गाईघाटलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

श्री महेन्द्र माविको खेलमैदानमा सम्पन्न खेलमा शान्तिनगरका लागि बिजय भुजेल र बिल्ले डेनियलले गोल गरे । खेलमा शान्तिनगरका विजय भुजेल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत असोज १६ गते आइतबारको दोस्रो सेमिफाइनल खेल बकलौरी एफसी, सुनसरी र लिटल किकर्स एकेडेमी, झापाबीच हुने आयोजकले जानकारी दियो ।

कल्चरल ग्रीन क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १८ गतेका दिन हुनेछ ।

Post Comments