News मुख्यमन्त्री कपः नवलपुर, लमजुङ र तनहुँको जित
गोलनेपाल

पोखरा । कास्कीमा जारी गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलहरुमा नवलपुर, लमजुङ र तनहुँ बिजयी भएका छन् ।

बुधबार भएको पहिलो खेलमा नवलपुरको गैंडाकोट खेलकुद विकास समितिले स्याङ्जाको होराइजन क्लबलाई ३–१ ले पराजित गर्यो ।

दोश्रो खेलमा लम्जुङको टि.वाई.सी. क्लबले मनाङको डाँफे युथ क्लबलाइ २–१ गोल अन्तरले पराजित गर्यो । लम्जुङको लागि आशिक गुरुङ र उज्वल शाहीले गोल गरे । मनाङको लागी कर्ण गुरुङले गोल गरे ।

बुधबारको अन्तिम खेलमा तनहुँ फुटबल संघले बाग्लुङ जिल्ला फुटबल संघलाई १–० ले पराजित गर्यो । तनहुँका लागि दीपक थापाले ५० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगिता अन्तर्गत विहीबारको पहिलो खेलमा नवलपुरको गैंडाकोट खेलकुद विकास र म्याग्दी जिल्ला फुटबल संघ, कास्कीको आदर्श युवा क्लव र मनाङको डाँफे युवा क्लव र बागलुङ जिल्ला फुटबल संघ र स्याङ्जाको होराइजन क्लव बिच हुनेछ ।

Post Comments