News चितवनमा चैनपुर कप हुने
गोलनेपाल

चितवन । चितवनको खैरहनी नगरपालिका–४ चैनपुरमा प्रथम चैनपुर कप नाइन ए–साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

चैनपुर युनाइटेड, चैनपुर चितवनको आयोजनामा यहि माघ १८ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

‘खेल खेलौं, स्वस्थ्य रहौं’ भन्ने मूल नाराका साथ शुरु हुन गईरहेको प्रतियोगिताका सबै खेलहरु खैरहनी–४ स्थित कयरखोला खेलमैदानमा हुनेछ । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क तीन हजार तोकिएको छ ।

प्रतियोगिता सभ्य र भव्यताका साथ सफल तुल्याईदिन सबैतर्फबाट सहयोग र समर्थनको अपिल समेत गरिएको आयोजक क्लबका अध्यक्ष अजित बस्नेतले बताए ।

 

Post Comments