काठमाडौं । जारी नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ गैरआवासीय संघ (एनआरएनए) को फुटबल टोलीमा रहेका आठ खेलाडीहरुले बाँकी खेलहरुमा खेल्न नपाउने भएका छन् ।
एनआरएनएले प्रदेश १ विरुद्धको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका बिमल घर्ती मगर, सुजल श्रेष्ठ, पुजन उपरकोटी, अनन्त तामाङ, निशान खड्का लगायत केही खेलाडीहरुलाई मैदानमा उतारेको थियो । सो खेलमा एनआरएनए २–० ले विजयी पनि भएको थियो ।
यद्यपि एनआरएनएले नियम उल्लघंन गरेको भन्दै प्रदेश १ ले राष्ट्रिय खेलकुदको सचिवालयमा उजुरी गरेको थियो । उजुरीमाथि छानबिन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्राविधिक कमिटीले प्रदेश १ को पक्षमा निर्णय गरेको छ । यो निर्णयसँगै प्रदेश १ ले एनआरएनए विरुद्धको खेलको नतिजा पनि आफ्नो पक्षमा पारेको छ ।
यो निर्णयसँगै एनआरएनएलाई भने केही असहज हुने देखिएको छ । सम्बन्धित आठ खेलाडीहरुले खेल्न नपाउने भएपछि अब टोलीमा मात्र १२ खेलाडीहरु रहेका छन् । एनआरएनएले तत्कालका लागि सोही खेलाडीहरुलाई टिममा राखी काम चलाउनु पर्ने देखिएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै