News धुसेनी र सिंहलपा विजयी
रमेश समदर्शी

एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी दिपावली नकआउट फुटबल प्रतियोगितामा शनिबार श्रीजंघा एफसी धुसेनी र सिंहलपा एफसी विजयी भएका छन् ।

स्थानीय जनकल्याण माविको खेलमैदानमा भएको पहिलो खेलमा धुसेनीले स्पर्धी फाकफोकथुम ४ फङ्वालाई १ ० गोलले पराजित गरेको हो । धुसेनीका लागि सन्तोेष रम्तेलले निर्णायक गोल गरेका थिए ।

खेलको ५२औँ मिनेटमा पाएको पेनाल्टी अवसरबाट धुसेनी विजयी भएको हो । म्यान अफ दी म्याच घोषित रम्तेलको प्रहारमा गोल भएको थियो ।

यस्तै, दोस्रो खेलमा फाकफोकथुम ७ लाई सिंहलपा एफसी साङरुम्बाले पराजित गर्यो । सिंहलपा २–० गोलले विजयी भएको हो । उसका लागि दुवै गोल आमोश राईले गरेका थिए । म्यान अफ दी म्याच बनेका आमोश राईले पहिलो हाफको ६ र २५ मिनेटमा गोल गरेका थिए ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पाउँदा उपविजेताले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । भोलि पितामरुङ एफसीविरुद्ध पिवाईसी हेल्लाङ तथा देनपा सामसुङविरुद्ध चौबन्दीबीच खेल हुनेछ ।

Post Comments