News एनआरटी एनआरएनए तेस्रो इलाम गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

इलाम । न्युरोडटिम (एनआरटी), काठमाडौं इलाममा जारी एनआरएनए तेस्रो इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा एनआरटीले चित्लाङ फुटबल क्लब, काठमाडौंलाई १–० को अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

टुंडिखेल मैदानमा भएको खेलको १८औं मिनटमा आदित्य शाक्यले गरेको एक मात्र गोल एनआरटीलाई जित दिलाउन निर्णायक गोल बन्यो । खेलको निर्णायक गोलकर्ता एनआरटीका आदित्य शाक्य नै प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत बैशाख ९ गते बुधबारको पहिलो सेमिफाइनल खेल इन्ट्रा पथरी ११ फुटबल क्लब, मोरङ र मच्छिन्द्र फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

रेड हर्ष फुटबल क्लब, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल बैशाख १२ गतेका दिन हुनेछ ।

 

Post Comments