News कार्तिक १९ देखि माइ गोल्डकप
गोलनेपाल

इलाम । सितली फुटबल क्लब र चियाबारी फुटबल क्लब, माइ नगरपालिका–२ को आयोजनामा आउँदो कार्तिक १९ गतेदेखि प्रथम माइ गोल्डकप नाईन ए साई फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागिताका लागि आयोजकले टिमदर्ता पनि खुला गरेको छ । साथै टिमदर्ता गर्ने अन्तिम मिति कार्तिक ५ गतेसम्म तोकिएको छ । त्यस्तै टिमदर्ता शुलक ५,५०० रुपैयाँ रहेको पनि आयोजक क्लबका प्रमोद पाण्डेले बताए ।

मंसिर ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अर्का सदस्य मौसम प्रधानले बताए ।

साथै प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जनाएको छ । प्रतियोगितालाई आउने दिनमा प्रदेश नम्बर १ कै प्रतिष्ठित प्रतियोगिता बनाउने लक्ष्य लिएको पनि आयोजक क्लबका सन्दिप राईले बताए ।

 

Post Comments