News दरै फुटबल कप कार्तिक ४ गतेदेखि
गोलनेपाल

धादिङ । अर्गौता युवा क्लब, त्रिपुरासुन्दरी गाउँपालिका–१, धादिङको आयोजनामा आउँदो कार्तिक ४ देखि ८ गतेसम्म दरै फुटबल कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७ हजार तोएिको छ । त्यसमा १५ सय डिपोजिट पनि बुझाउनु पर्ने आयोजक क्लबका राम बहादुरले बताए । त्यस्तै टिमदर्ता गर्ने अन्तिम मिति कार्तिक २ गतेसम्म तोकिएको पनि उनले जानकारी दिए ।

प्रतियोगितामा दरै जातीका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ । अर्गौता खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५२५ रुपैयाँ प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो ।

 

Post Comments